२२ कार्तिक, २०८१ बिहिबार
01:15:12 AM
२१ असार, २०७९
छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार छ सय रुपैयाँमा कारोबार
काठमाण्डौं । साताको तेस्रो मंगलबार सुनको मूल्य सामान्य रुपले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।