९ मंसिर, २०८१ आइतबार

01:24:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दिनहुँ बढ्दै बैंकहरूको निक्षेप संकलन, घट्न थाल्यो सीडी रेसियो

२१ असार, २०७९

दिनहुँ बढ्दै बैंकहरूको निक्षेप संकलन, घट्न थाल्यो सीडी रेसियो

काठमाडौं । बैंकहरूको निक्षेप संकलन एकै दिनमा ९ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन दैनिक बढिरहँदा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि दैनिकजसो नै घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार १९ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार १८ गते, शनिबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब २० अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ८ अर्बले बढेर ४४ खर्ब ४० अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि २ अर्बले घटेर ४१ खर्ब ७७ अर्ब रूपैयाँमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ६ अर्बमा पुगेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.८८ प्रतिशतबाट घटेर ८८.६३ प्रतिशतमा झरेको छ ।