१६ बैशाख, २०८१ आइतबार

01:44:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ मन्त्रीको योजना : इम्बोस्ड र स्मार्ट लाइसेन्सबारे अध्ययन गर्ने

Nepal Business

२० असार, २०७९

मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्ताव गर्नुभएको थियो ।

नयाँ मन्त्रीको योजना : इम्बोस्ड र स्मार्ट लाइसेन्सबारे अध्ययन गर्ने

काठमाडौं । 
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य र त्यसको सुधारका लागि अध्ययन गर्न समिति बनाउने बताउनुभएको छ । 

उहाँले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने पनि बताउनुभयो ।

उहाँले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने पनि बताउनुभयो ।

मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्ताव गर्नुभएको थियो ।

तर, मन्त्री राईले सचिव सिग्देलललाई सोसँगै स्मार्ट लाइसेन्स र इम्बोस्ड नबर प्लेट वितरणको औचित्य र वितरण सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्ने गरी मस्यौदा बनाउन निर्देशन दिनुभएको छ । 

‘इम्बोस्ड नम्बर प्लेट राख्ने प्रक्रिया म २०६८ सालमा श्रम तथा यातायात मन्त्री हुँदा सुरु भएको थियो, अहिले यसको चेकजाँच गर्ने संयन्त्र नै छ कि छैन, छैन भने कसरी इम्बोस्ड नम्बर प्लेट आवश्यक पर्‍यो,’ उहाँले भन्नुभयो । ‘स्मार्ट लाइसेन्सको फर्म भर्ने र रिडिङ गर्ने मेकानिज्म पनि छैन । 

जनताले फर्म भरेपछि ५ महिना कुर्ने, कहिले खुल्ने कहिले नखुल्ने, यी कुरा कसरी व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन गरेर १० दिनभित्र सुझाव दिन कमिटी गठन गर्ने प्रस्ताव ल्याउन उहाँले आग्रह गर्नुभएको छ ।