९ मंसिर, २०८१ आइतबार
01:54:39 AM
२० असार, २०७९
काठमाडौं । सिभिल बैंक लिमिटेडले ‘सिभिल बैंक डिबेन्चर–२०८४’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न गत असार १६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो। उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। सिभिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।