९ मंसिर, २०८१ आइतबार
01:04:52 AM
२० असार, २०७९
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्ने योजनाको म्याद थप गरेको छ।
एनआईबिएल एस क्यापिटलले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु वैशाख १ गतेदेखि असार १७ गतेसम्म ७९ दिनको लागि लागु गरेको थियो । सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको थियो।
ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्ने योजनाको म्याद असार ३२ गते सम्मलाई थप गरेको क्यापिटलले जनाएको छ ।
नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरो शेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।