२१ बैशाख, २०८१ शुक्रबार

02:10:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु, ग्लोबल बैंकसँग सम्झौता

Nepal Business

२० असार, २०७९

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु, ग्लोबल बैंकसँग सम्झौता

जनकपुरधाम । मधेस सरकारले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु गरेको छ । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रमस सोमबारदेखि पुनः सुचारु भएको जानकारी दिनुभएको हो । 

उक्त कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । सो बीमाका लागि यसअघि प्रभु बैंकसँग सम्झौता गरिएको थियो । तर अब छोरीहरुको बीमाका लागि  ग्लोबल बैंकसँग सम्झौता गरिएको उहाँले बताउनुभयो । 

सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि तीन लाख रुपैयाँ दिने गरी प्रति बीमा ३७ हजार ४५७ रुपैयाँ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने  सम्झौतापत्रमा उल्लेख छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’  २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको थियो ।