९ मंसिर, २०८१ आइतबार

01:10:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने

२० असार, २०७९

सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने

काठमाडौं । सनराइज बैंकका ग्राहकले एटीएम कार्डमा आफ्नै फोटो राख्न पाउने भएका छन् । त्यसका लागि बैंकले कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको जानकारी दिएको छ ।

बैंकले सन् २०१० की सीएनएन हिरो अवार्ड तथा सन् २०१७ को पद्मश्री पुरस्कार विजेता अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड उपलब्ध गराएर यसको सुरुवात गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा कोइरालालाई कार्ड हस्तान्तरण गर्नुभएको हो ।