९ मंसिर, २०८१ आइतबार
01:18:47 AM
२० असार, २०७९
दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।
काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन्। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको हो। दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेका थिए । एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो।
१००ः४३ सेयर स्वाप अनुपातमा एक्वायर गर्न लागेको हो । अर्थात, नेपाल बैंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनुहुने छ। दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।