१७ कार्तिक, २०८१ शनिबार
05:22:01 AM
२० असार, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार आज (२० गते सोमबार) १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले असार २१ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज १८ गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले ३६४ दिनका लागि ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० असार १९ गते परिपक्व हुनेछ। उक्त ट्रेजरी बिलको आज (सोमबार) दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकहरु समेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।