९ मंसिर, २०८१ आइतबार
01:57:09 AM
२० असार, २०७९
काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको हो।
असार १६ गते, बिहिबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब ०५ अर्ब रूपैयाँ रहेको थियो । एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि बढेर ४४ खर्ब ३२अर्ब पुगेको छ ।
वाणिज्य बैंकहरूको कर्जा लगानी भने दुई अर्बले घटेर ४१ खर्ब ७८ अर्ब रूपैयाँमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ०८ अर्बमा झरेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.०८ प्रतिशतबाट घटेर ८८.८१ प्रतिशतमा झरेको छ ।