१६ बैशाख, २०८१ आइतबार

10:29:15 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

Nepal Business

१९ असार, २०७९

जिल्लामा सघन खानेपानी विकास कार्यक्रम, जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाअन्तर्गत सङ्घ शसर्त अनुदान, तराई–मधेश खानेपानी सुधार कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम तथा विभिन्न उपशीर्षकमा गरी लगानी भएको छ ।

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

दाङ
एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ । 

लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि रु १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार लगानी भएको छ । 

ती आयोजनामध्ये केही ठाउँमा कार्यान्वयनमा आइसकेको छ, भने धेरैजसो स्थानमा काम जारी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख भोलाबहादुर थापाका अनुसार जिल्लाको ग्रामीण भेगमा अहिले खानेपानी आयोजनाको काम पूर्ण रुपमा सम्पन्न हुन नसकेको बताउनुभयो । 

जिल्लामा सघन खानेपानी विकास कार्यक्रम, जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाअन्तर्गत सङ्घ शसर्त अनुदान, तराई–मधेश खानेपानी सुधार कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम तथा विभिन्न उपशीर्षकमा गरी लगानी भएको छ ।

जिल्लामा सघन खानेपानी आयोजनाका १७२ आयोजना, जलवायु अनुकूलित वृहत खानेपानी कार्यक्रम १९, तराई–मधेश खानेपानी सुधार कार्यक्रमको ५०, सहलगानी कार्यक्रमको एउटा तथा १० थप गरिएका खानेपानी आयोजना रहेको निमित्त प्रमुख थापाले बताउनुभयो ।