८ मंसिर, २०८१ शनिबार

11:41:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप संकट निम्तिन्छः राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख श्रेष्ठ

१९ असार, २०७९

प्रमुख श्रेष्ठले नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भर पर्नु पर्ने अवस्था बढेको बताउनुभयो ।

आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप संकट निम्तिन्छः राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख श्रेष्ठ

काठमाडौं ।  नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा.प्रकाशकुमार श्रेष्ठले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप संकट निम्तिने बताउनुभएको छ । काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित ‘संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९।८०को बजेट’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताउनुभयो ।

प्रमुख श्रेष्ठले नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भर पर्नु पर्ने अवस्था बढेको बताउनुभयो । उहाँले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने बताए ।

डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताउनुभयो । उहाँले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले आगामी महिनामा ९० अर्बभन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताउनुभयो।

नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुन सक्ने आंकलन गरिएको उहाँको भनाइ छ। उहाँले सरकारले पछिल्लो समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने बताउनुभएको छ ।