८ मंसिर, २०८१ शनिबार

11:58:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

१९ असार, २०७९

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । असार १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारणसभा साउन ९ गते आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभा झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँबाट ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५१ लाख ५२ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने, संचालकको बैठक भत्ता बृद्धि गर्ने, प्रदेश स्तरीय बैंक बनाउनको लागि कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असार २७ गतेसम्म कायम सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।