७ बैशाख, २०८२ आइतबार
08:07:28 PM
१९ असार, २०७९
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १२ औँ वार्षिक साधारण सभा साउन ६ गते मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । त्यसैले, यसपालि बैंकका सेयरधनीहरूको हात खाली हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने ।गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
साथै, सभाले सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
बैंकले साधारण सभा प्रयोजनका लागि असार २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार २६ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन सक्नेछन् ।