८ मंसिर, २०८१ शनिबार

11:31:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तरलता व्यवस्थापनमा केन्द्रित गरेर साउनमा ल्याईँदै मौद्रिक नीति, राष्ट्रबैंकको तयारी तिब्र

Nepal Business

१८ असार, २०७९

बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने राष्ट्र बैंकलाई चुनौती छ ।

तरलता व्यवस्थापनमा केन्द्रित गरेर साउनमा ल्याईँदै मौद्रिक नीति, राष्ट्रबैंकको तयारी तिब्र

काठमाडौँ,

नेपाल राष्ट्र बैंकमौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ ।  आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तरतालमा केन्द्रित गरेर ल्याउने तयारी गरिएको छ। 

यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी आर्थिक वर्षको जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा व्यस्त छन् ।

यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी आर्थिक वर्षको जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा व्यस्त छन् ।

यसैबीच राष्ट्र बैंकले साउनको पहिलो साता तिर आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको बैंक श्रोतले जनाएको छ । 

गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष २०७९/०८० को मौद्रिक नीति साउनको पहिलो साता ल्याउने गरी तयारी भइरहेको एक कार्यक्रममा जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘मौद्रिक नीति साउनको पहिलो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौँ, जुन विगतमा भन्दा केही छिटो पनि हो, पहिलो हप्ता भन्दा पछि नपुर्याउने प्रयासमा हामी छौँ ।’

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्र बैंकले सुझाव मागिरहेको छ ।

बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने राष्ट्र बैंकलाई चुनौती छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ ।

निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । 

 जेठ १७ गतेदेखि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी सुझावहरु लिन थालेको छ । आएका सुझावहरुलाई समेत राष्ट्र बैंकले केलाउने र सरोकारवालाहरुसँग छलफल गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।

तरता अभाव कायमै रहेको र अर्थतन्त्र प्रभावित भएकोमा सर्बत्र आलोचना भइरहेको छ। गत वर्ष भने गभर्नर अधिकारीले साउन २९ गते मौद्रिक नीति आएको थियो ।