७ बैशाख, २०८२ आइतबार
08:24:36 PM
१७ असार, २०७९
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल ल्याब हाउसबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड र नेपाल ल्याब हाउसबीच आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा कुमारी बैंकका मार्केङ्ग प्रमुख नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका तर्फबाट प्रबन्ध निर्देशक बिदुर प्रसाद वस्तीले हस्ताक्षर गर्नुभएको छ।
सम्झौतापत्र अनुसार नेपाल ल्याब हाउसका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४६ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।