९ मंसिर, २०८१ आइतबार
12:04:18 AM
१७ असार, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८९।८० को मौद्रिक नीति साउनको पहिलो साताभित्र ल्याउने तयारी गरेको छ। आज शुक्रबार नेपाल राष्ट्र बैंक पोखरा क्षेत्रीय कार्यालयमा बैंकनोट सेर्डिङ एन्ड ब्रिकेटिङ सिस्टमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो सातासम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको बताउनुभएको हो ।
‘मौद्रिक नीति साउनको पहिलो हप्ताभित्र ल्याउने तयारीमा हामी छौँ’, उहाँले भन्नुभयो, ‘विगतमा भन्दा केही छिटो र पहिलो हप्ताभन्दा पछि नलैजाने गरी हामीले प्रयास गरिरहेका छौँ।’