२१ बैशाख, २०८१ शुक्रबार

05:05:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोल, डिजेलमा भारत सरकारले लगायो निर्यात कर, नेपाली उपभोक्तामा कस्तो पर्ला असर ?

१७ असार, २०७९

नेपालमा पेट्रोलीयम पदार्थको मूल्य घटाएको एक साता नपुग्दै भारतले फेरि विदेश निर्यात गर्ने पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको हो ।

पेट्रोल, डिजेलमा भारत सरकारले लगायो निर्यात कर, नेपाली उपभोक्तामा कस्तो पर्ला असर ?

काठमाडौं । भारत सरकारले पेट्रोल, डिजेल र हवाइ इन्धनमा निर्यात कर लगाउने निर्णय गरेको छ। भारत सरकारले शुक्रबार पेट्रोल र हवाइ इन्धन निकासीमा प्रतिलिटर ६ भारु, डिजेल निकासीमा प्रतिलिटर १३ भारु कर लगाउने निर्णय गरेको हो। त्यस अनुसार नेपाल भित्रिदा पेट्रोलमा ९.६ रुपैयाँ र डिजेलमा २०.८० नेपाली रुपैयाँ महंगो हुनेछ ।

यसबाहेक भारतले स्वदेशीस्तरमा उत्पादन हुने कच्चा तेलमा प्रतिटन २३ हजार २५० रुपैयाँ अतिरिक्त कर लगाएको छ । यसले आन्तरिक रुपमा कच्चा तेल उत्पादन गर्ने ओएनजीसी र वेदान्त लिमिटेडजस्ता कम्पनीलाई असर गर्नेछ। 

त्यस्तै, भारत सरकारले वार्षिक २० लाख ब्यारेलभन्दा कम उत्पादन गर्ने कम्पनीलाई छुट दिने निर्णय गरेको छ। गत शनिबार मात्रै नेपालमा पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य घटाएर बिक्री गरेको थियो । हाल नेपालमा पेट्रोलको प्रतिलिटर मूल्य १७९ रुपैयाँ, डिजेलको मूल्य १६३ रुपैयाँ र मट्टीतेलको मूल्य १६३ रुपैयाँ कायम गरिएको छ। 

नेपालमा पेट्रोलीयम पदार्थको मूल्य घटाएको एक साता नपुग्दै भारतले फेरि विदेश निर्यात गर्ने पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको हो । यसरी भारतले पेट्रोलियम पर्दाथमा निर्यात कर लगाउँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा पर्नेछ । भारतले नेपाललगायत बंगलादेश, भुटान र श्रीलंकामा पेट्रोलियम पदार्थ निर्यात गर्दै आएको छ । 

यसैबीच भारतको स्वदेशी तेल कम्पनीहरुलाई आर्थिक वर्षमा निर्यात हुने तेलको कम्तीमा ५० प्रतिशत स्वदेशी बजारका लागि आरक्षित गर्ने भएको छ। भारत सरकारको यो निर्णयपछि ओएनजीसीको स्टक १२ प्रतिशतभन्दा बढीले करिब १३२ रुपैयाँमा झरेको छ। वेदान्तको स्टक पनि करिब ५ प्रतिशतले घटेको छ । योसँगै रिलायन्सको स्टक करिब ७ प्रतिशतले घटेर २ हजार ४१५ रुपैयाँमा पुगेको छ।

भारत सरकारले निर्यात कर बढाएपछि पेट्रोलिम पदार्थको मूल्य बढेर आउने सम्भावना छ। सोही कारण अब नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेर आउने सम्भावना रहेको छ ।