८ मंसिर, २०८१ शनिबार
11:45:58 PM
१७ असार, २०७९
काठमाडौं। सानिमा बैंकले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आज (शुक्रबार) तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
उक्त शाखा उद्घाटन बैंकका ब्रान्ड एम्बेस्डर वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गर्नुभएको छ । समुद्घाटनको अवसरमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्रेष्ठ र संचालक थापाले काठमाडौंको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिनुभएको छ ।
सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएममार्फत बैंकिङ्ग सुविधा दिदै आएको छ ।