८ मंसिर, २०८१ शनिबार

11:46:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कति पाउला आदर्श लघुवित्तको आईपीओले ओपनिङ्ग रेञ्ज ?

१७ असार, २०७९

कम्पनीको आर्थिक वर्ष २०७७।७८ को प्रतिसेयर नेटवर्थ १ सय २२ रूपैयाँ ८८ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३ सय ६८ रुपैयाँ ६४ पैसा हुन्छ ।

कति पाउला आदर्श लघुवित्तको आईपीओले ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । लगानीकर्ताहरुलाई आफुलाई परेको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो हुनु स्वभाबिक नै हो । जो कोहीलाई पनि कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भइसकेपछि त्यसले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको बिषय रहेको हुन्छ । त्यस्तै आम लगानीकर्ताहरुको चासोको बिषयमा रहेको छ आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेड कम्पनी । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले असार १ गतेदेखि असार ५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) असार १३ गते ्बाँडफाँड सम्पन्न भइसकेको छ । 

नेप्सेले लघुवित्त कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७७।७८ को  प्रतिसेयर नेटवर्थ १ सय २२ रूपैयाँ ८८ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३ सय ६८ रुपैयाँ ६४ पैसा हुन्छ ।