८ मंसिर, २०८१ शनिबार
11:19:01 PM
१७ असार, २०७९
फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्धति निक्षेपको योजना अन्तर्गत ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।
यस निक्षेप योजनाको लक्षित ग्राहकहरु, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुची राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिहरुले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकहरूलाई पनि आकर्षित गर्नु हो र न्यूनतम ५० हजार रूपैयाँदेखि नै खाता खोल्न सकिने र समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराउनुभएको छ ।
फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।