८ मंसिर, २०८१ शनिबार

11:22:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१७ असार, २०७९

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएको छ ।

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी पूर्णबहादुर शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएको छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएको छ ।