१२ मंसिर, २०८१ बुधबार

03:48:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजैदेखि सम्हाले कार्यभार

१७ असार, २०७९

यसअघि उहाँले नेपाल राष्ट्र बैंकको लघुवित्त तथा बैकिङ्ग विभागको महानिर्देशकको रुपमा समेत काम गरिसक्नुभएको छ ।

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजैदेखि सम्हाले कार्यभार

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त हुनुभएको छ । बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले उहाँलाई सिइओमा नियुक्त गरेको हो । 

ढुङ्गानाले आज असार (१७ गते शुक्रबार) देखि आफ्नो कार्यभार सम्हाल्नुभएको छ । ढुङ्गानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकको रुपमा काम गरिसक्नुभएको छ ।  नबिल बैंक र नेपाल बंगलादेश बैंक एकआपसमा मर्जर हुने भएसँगै नबिल बैंकको सिइओमा ढुङ्गाना नियुक्त भएका हुन् ।

यसअघि उहाँले नेपाल राष्ट्र बैंकको लघुवित्त तथा बैकिङ्ग विभागको महानिर्देशकको रुपमा समेत काम गरिसक्नुभएको छ । ढुङ्गानासँग करिब २५ वर्षभन्दा बढी  बैकिङ्ग अनुभव छ ।