८ मंसिर, २०८१ शनिबार

11:30:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँड

१७ असार, २०७९

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँड

काठमाडौं। समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँड गरिएको हो ।

यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँडमा नपरेको सेयर वापतको पैसा आइतबार (असार १९ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।