८ मंसिर, २०८१ शनिबार

11:50:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५० खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, सीडी रेसियो ८९.०६ प्रतिशत

१७ असार, २०७९

यस्तै बैंक तथा वित्तीय संस्थाको कर्जा ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्ष असार मसान्तमा ४७ खर्ब ४० अर्ब निक्षेप बैंक तथा वित्तीय संस्थासँग थियो ।

५० खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, सीडी रेसियो ८९.०६ प्रतिशत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५० खर्ब पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले असार १५ गते बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब पुगेको हो । बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ४ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै बैंक तथा वित्तीय संस्थाको कर्जा ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्ष असार मसान्तमा ४७ खर्ब ४० अर्ब निक्षेप बैंक तथा वित्तीय संस्थासँग थियो ।

बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४४ खर्ब १८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ८७ अर्ब छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.१४ प्रतिशतबाट घटेर ८९.०६ प्रतिशतमा आएको राष्ट्र बैंकले जनाएको छ ।