६ जेठ, २०८१ आइतबार

09:16:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैकले लगायो आयातामा रोक

Nepal Business

२५ पुस, २०७८

कुन कुन वस्तु आयातमा लगायो रोक ?

राष्ट्र बैकले लगायो आयातामा रोक

काठमाण्डौं
नेपाल राष्ट्र बैङ्कले सञ्चित ढुकुटीमा रहेको विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाई गरेको छ । 
राष्ट्र बैंकले शुक्रबार गरेको एकिकृत परिपत्र अनुसार सौन्दर्य प्रशोधनका सामग्री, सवारीसाधन लगायतका विभिन्न विलासिताका सामग्री, खाद्य पदार्थ तथा पेय पदार्थको आयातमा आयात गर्नु पूर्वस्वीकृति लिनुपर्ने उल्लेख गरेको छ । 

एकीकृत परिपत्र २०७८ मा विभिन्न १६ वटा बुँदामा उल्लेख भएका खाद्य तथा पेय पदार्थको आयातमा पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था छ ।

खाद्यान्न र अन्न तथा यसबाट तयार भएका खाद्य पदार्थ, प्रशोधित तथा अप्रशोधित तेल, घिउ, दूध तथा दूधजन्य पदार्थ, फलफूल तथा तरकारीजन्य उत्पादन आयात गर्दा पनि पूर्वस्वीकृति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 
त्यसैगरी फ्रोजन तथा प्रशोधित माछा, मासु तथा यसका उत्पादन, दलहन, गेडागुडी, तेलहन, बदाम, ओखर, काजु, पेस्ताजस्ता खाद्य नट्समा पनि यस्तो व्यवस्था गरको छ ।

पिउने पानी, विशेष उपयोगका खाद्य पदार्थ, शिशु आहार तथा शिशु फर्मुला खाद्य पदार्थ, बाल आधार तथा बाल फर्मुला खाद्य पदार्थ शिशु तथा बाल आहारपूरक खाद्य पदार्थ, फुड सप्लिमेन्ट, डाइटरी सप्लिमेन्ट, न्युट्रिसनल सप्लिमेन्टको आयातलाई पनि पूर्वस्वीकृति नै चाहिने भएको छ ।
विभिन्न पेय पदार्थ, चकलेट, चुइङगम, टफी, कोको पदार्थ, पापड भुजिया, फिङगचिप्स, दालमोठ, मिठाई, सोनपापडी काँचो तथा तयारी स्न्याक्स फुड्स खाद्यवस्तुका लागि पनि पूर्वस्वीकृति विना आयात गर्न नपाइने जनाइएको हो ।

मसला, चिया, कफी, नुन, अण्डा तथा अण्डाजन्य खाद्य पदार्थ खाद्यरङ, वासना, इमल्सिफायर, एन्टिअक्सिडेन्ट, खाद्य तथा पेय पदार्थमा प्रयोग हुने खाद्य उद्योगका अन्य सामग्री, चिनी, महलगायतका गुलियो पदार्थ अन्य विभिन्न अप्रशोधित, अर्धप्रशोधित तथा प्रशोधित खाद्य पदार्थको आयातमा कडाइ गर्दै आयातका लागि स्वीकृति आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गर्दा आयातकर्ता, निर्यातकर्ता, परिमाण र मूल्यसम्बन्धी विवरण अनुमतिपत्रमा उल्लेख भएको विवरणसँग मेल खाएको हुनुपर्ने छ ।