२५ बैशाख, २०८१ मंगलबार

06:53:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घट्यो सबैखाले निर्माण सामग्रीको मूल्य, फलामे डण्डी प्रतिकेजी ९५ रुपैयाँ

१६ असार, २०७९

गत वर्षको तुलनामा सिमेन्टको मूल्य प्रतिबोरा १ सय रुपैयाँसम्मले घटेको उत्पादकहरु बताउँछन् ।

घट्यो सबैखाले निर्माण सामग्रीको मूल्य, फलामे डण्डी प्रतिकेजी ९५ रुपैयाँ

काठमाडौं । सिमेन्ट, फलामे डण्डी लगायतका सबैखाले निर्माण सामग्रीको मूल्य घटेको छ । वर्षा लागेसँगै निर्माणको सिजन सकिएपछि सामग्रीको मूल्य घटेको हो । मनसुन सुरु भएपछि भौतिक निर्माणको काम नहुने भएकाले यो सिजनमा निर्माण सामग्रीको मूल्य घट्ने गरेको छ । 

१४० रुपैयाँ प्रतिकेजी पुगेको फलामे डण्डीको मूल्य अहिले घटेर प्रतिकेजी ९५ रुपैयाँमा आइपुगेको छ । त्यस्तै, सिमेन्टको मूल्य पनि घटेको छ । गत वर्षको तुलनामा सिमेन्टको मूल्य प्रतिबोरा १ सय रुपैयाँसम्मले घटेको उत्पादकहरु बताउँछन् । अहिले ओपीसी सिमेन्ट प्रतिबोरा ६८० देखि ७३० रुपैयाँमा पुगेको छ भने पीपीसी सिमेन्ट प्रतिबोरा ६३० रुपैयाँमा आइपुगेको छ ।