१७ कार्तिक, २०८१ शनिबार
05:21:48 AM
१६ असार, २०७९
विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले असार २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । सोही प्रयोजनका लागि दुवै लघुवित्तले एकैदिन विशेष साधारणसभा डाकेका छन्। दुवै लघुवित्तको हिजो (असार १५ गते बुधबार) बसेको सञ्चालक समितिको बैठकले यही असार ३१ गते विशेष साधारणसभा डाकेका हुन्।
मिर्मिरे लघुवित्तको विशेष साधारणसभा काभ्रेको धुलिखेलस्थित होटेल सारथी र बुद्धज्योति लघुवित्तको रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिकास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने, प्राप्ति प्रयोजनका लागि मूल्यांनकर्ताबाट चल–अचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्त प्रतिवेदन (डीडीए) का आधारमा बुद्धज्योतिको समायोजित सेयरमूल्यसम्बन्धी अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।
त्यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागी गठित संयुक्त प्राप्ति समितिबाट नियुक्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ता एम. आर. एशोसिएट्स (चार्टर्ड एकाउण्टेण्ट्स) को नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्ने, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न थप शेयर (एफपीओ) प्रिमियममा जारी गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।
त्यसैगरी, विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले असार २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन सक्नेछन् ।