८ मंसिर, २०८१ शनिबार

11:20:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयधनीको डिम्याट खातामा जम्मा , तपाईंको खातामा आयो ?

१६ असार, २०७९

उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिनेछ ।

जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयधनीको डिम्याट खातामा जम्मा , तपाईंको खातामा आयो ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ ।

लघुवित्त कम्पनीको पौष ३० गते, सम्पन्न भएको ११ औँ वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनस सेयर बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा असार १४ गते, मंगलबारबाट जम्मा गरिएको कम्पनीले जनाएको छ । 

त्यसैगरी, उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिनेछ ।  धितो राखेको सेयरको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त भएपछि मात्र बोनस पठाइनेछ ।