८ मंसिर, २०८१ शनिबार
11:20:16 PM
१६ असार, २०७९
उक्त सेयरको न्यूनतम मूल्य ५०८ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । लगानीकर्ताले न्यूनतम ५०८ रुपैयाँ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन । आवेदन दिँदा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । लघुवित्त कम्पनीले १ लाख २८ हजार ८ सय १२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर संस्थापक सेयर धनीहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब सर्वसाधारणहरु, अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य ५०८ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । लगानीकर्ताले न्यूनतम ५०८ रुपैयाँ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन । आवेदन दिँदा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।