६ जेठ, २०८१ आइतबार

09:58:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आन्तरिक ऋण तरलता समस्याको उचित समाधान होइनः गभर्नर अधिकारी

२५ पुस, २०७८

आन्तरिक ऋण तरलता समस्याको उचित समाधान होइनः गभर्नर अधिकारी


काठमाण्डौं
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताउनु भएको छ । सरकारले २ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तरलता समस्याको समाधान नभएको उहाँले बताउनु भयो ।

आइतबार संसदको लेखासमितिमा उहाँले आन्तरिक ऋण उठाउने समय भएको तर त्यसले तरलतामा समस्या निम्तिने  बताउनु भएको हो । गभर्नर अधिकारीका अनुसार चालु वर्षमा ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको छ।
सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएकोमा यदि बाँकी सबै ऋण उठाउने हो भने भैरहेको तरलता समस्यामा झनै समस्या थपिने उहाँले बताउनु भयो । सरकारले अब २ खर्ब ४४ अर्ब सार्वजनिक ऋण उठाउन बाँकी छ । यो सबै ऋण उठाउन लाग्ने हो भने तरलतामा दवाव बढ्न गई आर्थिक कारोबार प्रभावित बन्नपुग्ने उहाँको तर्क छ । 
सरकारले चालुवर्षमा राखेको आर्थिक बृद्धिदरको लक्ष्य हाँसिल गर्न चुनौतीपूर्ण अवस्था रहेको बताउँदै चालु वर्षमा मूल्यबृद्धि  हुने खतरा पनि त्यतिकै बढेको बताउनु भयो । सरकारले चालु वर्षको आर्थिक बृद्धिदरको लक्ष्य ६.५० प्रतिशत राखिएको छ ।