८ मंसिर, २०८१ शनिबार
11:38:38 PM
१६ असार, २०७९
काठमाडौं । बैंकहरूको निक्षेप संकलन बढेको छ । एकैदिनमा बैंकहरूको निक्षेप संकलन ९ अर्बले बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार असार १४ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
असार १३ गते, सोमबारसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८८ अर्ब रूपैयाँ रहेको थियो । एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ७ अर्बले बढेर ४४ खर्ब १० अर्ब पुगेको छ ।
वाणिज्य बैंकहरूको कर्जा लगानी पनि १ अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रूपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ७ अर्बमा पुगेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.२६ प्रतिशतबाट घटेर ८९.१४ प्रतिशतमा आइपुगेको राष्ट्र बैंकले जनाएको छ ।