८ मंसिर, २०८१ शनिबार

11:29:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच ५० प्रतिशत सम्म छुट दिने सम्झौता

प्रतिमा मुडभरी

१५ असार, २०७९

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच ५० प्रतिशत सम्म छुट दिने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

उक्त समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५० प्रतिशत सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । 

त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।   

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७६ वटा शाखा, १२८ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।