८ मंसिर, २०८१ शनिबार
11:38:38 PM
१५ असार, २०७९
राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश(एनबी) बैंक गाभ्नको लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।
राष्ट्र बैंकले सञ्चालक समितिले गाभ्नको लागि अन्तिम स्वीकृति दिएको पत्र नबिल बैंक तथा एनबी बैंकमा पठाउने छ । राष्ट्र बैंकबाट पत्र आएपछि एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढ्ने नबिल बैंक स्रोतले जनाएको छ । नबिल बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी गरेको जनाएको छ । राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबारको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुमति लिनुपर्छ ।
नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।