८ मंसिर, २०८१ शनिबार
03:16:06 PM
१५ असार, २०७९
छानविन समितिलाई सघाउन उहाँले राजीनामा दिनुभएको जनाइएको छ ।
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिनुभएको छ । वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।
दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उहाँमाथि छानबिन भइरहेको छ । छानविन समितिलाई सघाउन उहाँले राजीनामा दिनुभएको जनाइएको छ ।