८ मंसिर, २०८१ शनिबार
11:59:53 PM
१५ असार, २०७९
मौद्रिक नीतिको बिषयमा छलफल गर्ने तथा नेपालको आफ्नै डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्न वाणिज्य बैङ्कका सिइओहरुलाई राष्ट्र बैंकले पोखरामा बोलाएको हो ।
काठमाडौं । वाणिज्य बैंकको सीईओहरुको संगठन नेपाल बैंकर्स एशोसियनले असार १७ गते (शुक्रबार) पोखरा बैठक बोलाएको छ । उक्त छलफल कार्यक्रममा सहभागी हुन अधिकांश वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू र नेपाल राष्ट्र बैंकका गभर्नरसहितको उच्चपदस्थ अधिकारीको टोली पोखरा जाने भएका छन् ।
मौद्रिक नीतिको बिषयमा छलफल गर्ने तथा नेपालको आफ्नै डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्न वाणिज्य बैङ्कका सिइओहरुलाई राष्ट्र बैंकले पोखरामा बोलाएको हो ।
पोखरामा आगामी आर्थिक वर्षको मौद्रिक नीति तथा डिजिटल करेन्सीको बारेमा समेत छलफल हुने राष्ट्र बैंकका एक अधिकारीले जनाउनुभयो । नेपाल बैकर्स एसोसिएसनले आयोजना गर्न लागेको उक्त कार्यक्रममा डिजिटल करेन्सीका बारेमा सिभिल बैंक सुनील पोखरेलले प्रस्तुतिकरण दिनुहुने छ ।