८ मंसिर, २०८१ शनिबार
11:29:51 PM
१५ असार, २०७९
बैंकले २८ हजार ५ सय ८९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
काठमाडौं । नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले २८ हजार ५ सय ८९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि जेठ ५ गते एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको
थियो । तर संस्थापक सेयधनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएकाले अब उक्त सेयर अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
उक्त सेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको सेयर रजिष्ट्रार, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।