८ मंसिर, २०८१ शनिबार

11:38:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

१५ असार, २०७९

सानिमा बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । सानिमा बैंक लिमिटेडको  ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले असार १० गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको हो  । बैंकको  ऋणपत्रमा माग जति आवेदन नपरेपछि असार २४ गतेसम्म आवेदन दिने म्याद लम्ब्याइएको हो ।

बैंकले ५ वर्ष अवधिकाे "१०.२५% सानिमा डिबेञ्चर, २०८९"  नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । 

निष्कासन गरिएको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

लगानीकर्ताहरूले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।