८ मंसिर, २०८१ शनिबार
09:55:40 PM
१५ असार, २०७९
उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उक्त रकम तथा २१ दिन कैद सजाया ठहर गरेपछि फरार थिए घिसिङ
काठमाडौँ,
प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उक्त रकम तथा २१ दिन कैद सजाया ठहर गरेपछि फरार घिसिङलाई आज जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
घिसिङले आफ्नो मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पर्याप्त रकम नभएको जानी–जानी पीडितलाई झुक्याएर ठगी गरेपछि अदालतले उक्त फैसला गरेको हो । घिसिङलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।
शैक्षिक योग्यताको प्रमाणपत्र कीर्र्ते गर्ने तिमल्सिना पक्राउ
प्रहरीले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्र्ते गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ तिमल्सिनाले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र कीर्र्ते गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्र्ते गरेर राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएका माधवप्रसाद तिमल्सिनालाई ललितपुरको थसिखेलबाट आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ तिमल्सिनाले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र कीर्र्ते गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ तिमल्सिनाले ट्रान्सिकृप्ट कीर्र्ते गरी २०७८ चैत ६ गते राष्ट्रिय सहकारी विकास बोर्डमा पेश गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
कीर्र्ते मुद्दामा पक्राउ परेका तिमल्सिनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता महतोले बताउनुभयो ।