११ मंसिर, २०८१ मंगलबार

08:18:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रशोधित पानी प्रयोग गर्न बोतल वाटर सङ्घको आग्रह

Nepal Business

१४ असार, २०७९

हैजाको प्रकोप बढेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

प्रशोधित पानी प्रयोग गर्न बोतल वाटर सङ्घको आग्रह

काठमाडौँ,

नेपाल बोतल वाटर उद्योग सङ्घले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घले मंगलबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो ।

सङ्घले मंगलबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष धुव्र गौतमले सङ्घभित्र आबद्ध उद्योगले खाद्य ऐन, २०२३ संशोधनसहित खाद्य तथा गुणस्तर नियन्त्रण विभागको निर्देशिका २०७४ बमोजिम उद्योग सञ्चालन गर्दै आएको र चौमासिकरुपमा पानीको परीक्षण गराउँदै आएको भन्दै हैजाको प्रकोप बढेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले उद्योगबाट बजारमा बिक्री वितरणका लागि ल्याएको पानीमा खाद्य अनुज्ञापत्र चेकजाँच गरी प्रशोधित पानीमात्र प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

सङ्घले नेपालभर सर्वसाधारणलाई समेत सर्वसुलभ मूल्यमा पिउने पानी बिक्री वितरण गरेको भन्दै आम उपभोक्तालाई सोही पानी प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घले गुणस्तर नियन्त्रण विभागको निर्देशिका विपरीत कसैले पानी बिक्री वितरण गरेको पाइएमा कारबाही गर्नेसमेत जनाएको छ ।