८ मंसिर, २०८१ शनिबार

11:24:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वार्षिक सञ्चालन शुल्क बुझाउन हितग्राहीहरुलाई बिओके क्यापिटलको आग्रह

१४ असार, २०७९

वार्षिक सञ्चालन शुल्क बुझाउन हितग्राहीहरुलाई बिओके क्यापिटलको आग्रह

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ । 

क्यापिटले एक सूचना प्रकाशित गर्दै बिओके क्यापिटल र बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोल्ने सम्पूर्ण खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो। 

चालु आर्थिक वर्ष २०७८।७९ र अघिल्ला आर्थिक वर्षहरुमा खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्कबापत बुझाउनुपर्ने १०० रुपैयाँ बुझाउन बाँकी रहेकाले यही असार मसान्तभित्र बुझाउन क्यापिटलले आग्रह गरेको छ।