९ मंसिर, २०८१ आइतबार
12:09:08 AM
१४ असार, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ५ वर्ष वधिकाे "विकास ऋणपत्र २०८४ (ज)" नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
उक्त ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १२.७५ अर्ब र २.२५ अर्ब रुपैयाँ छुट्याइएको छ।
उक्त ऋणपत्रको बोलकबोल आज १४ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । यही असार १५ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ साल असार १५ गते भुक्तानी हुनेछ ।
खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछन् ।