९ मंसिर, २०८१ आइतबार

12:04:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किन रोकियो नेपाल हाईड्रो डेभलोपरको विशेष साधारणसभा ?

१४ असार, २०७९

किन रोकियो नेपाल हाईड्रो डेभलोपरको विशेष साधारणसभा ?

काठमाडौं । नेपाल हाईड्रो डेभलोपरले सोमबार बोलाएको विशेष साधारणसभा स्थगत भएको छ । असार १३ गतेका लागि बोलाएको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेका कारण स्थगन भएको हो । 

असार १३ गतेका लागि बोलाएको विशेष साधारणसभा स्थगत भएपछि अब असार २९ गतेका लागि बोलाइएको छ । उक्त दिन कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा बस्नेछ ।

सभाले नियमावलीको नियम २३ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। नियमावलीको नियमन २७ को उपनियम ३ (१) संशोधन गर्ने प्रस्ताव  अनुमोदन गर्नेछ। 

कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी नियकाबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोहीअनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।