८ मंसिर, २०८१ शनिबार

11:59:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

१४ असार, २०७९

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (असार १४ गते, मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको हो । यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउनेछन्। 

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।