८ मंसिर, २०८१ शनिबार

11:32:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कपिलवस्तुमा कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

१४ असार, २०७९

कपिलवस्तुमा कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा हिजो असार १३ गते सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी न ।पा वडा नं ०१ को पथरकोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।  

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन वडा नं ०१ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले गरी सेवा शुभारम्भ गर्नुभएको थिए । बुद्धभुमी न पा वडा नं ०१ पथरकोटस्थित इन्द्र जनरल स्टोर्स् (प्रो इन्द्र मणि बेलबासे) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । 

यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।