८ मंसिर, २०८१ शनिबार
11:48:37 PM
१४ असार, २०७९
काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । निर्धारित समयमा सम्पूर्ण ऋणपत्र बिक्री नभएपछि बैंकले समय थपेर असार २४ गतेसम्म पुर्याएको हो ।
बैंकले असार १० गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाइको ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो।
बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको छ। जसमा ८० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
सिद्धार्थ बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।