८ मंसिर, २०८१ शनिबार
11:48:02 PM
१४ असार, २०७९
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (असार १४ गते मंगलबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम ८.६० प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा ९ प्रतिशत र संस्थागत बचतमा ८.५० प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
त्यस्तै विभिन्न कर्जामा अधिकतम १४ प्रतिशत देखि न्यूनततम ११.५० प्रतिशत ब्याज रहेको बैंकले जनाएको छ ।