८ मंसिर, २०८१ शनिबार
11:51:13 PM
१४ असार, २०७९
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.३७ प्रतिशतबाट घटेर ८९.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं । बैंकहरूको निक्षेप संकलन एकैदिन ५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
जेठ ११ गते, शनिबारसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ५ अर्बले बढेर ४४ खर्ब १ अर्ब पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानी १ अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रूपैयाँमा सिमित रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ५ अर्बमा झरेको छ ।
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.३७ प्रतिशतबाट घटेर ८९.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।