८ मंसिर, २०८१ शनिबार
11:46:54 PM
१३ असार, २०७९
काठमाण्डौं । कुमारी बैंक र साउदी अरेबियाको बैंक अल बिलादबीच विप्रेषण सेवा सहज बनाउनका लागि सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अल बिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गर्नुभएको हो ।
नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाज एप, एन्जाज सेन्टर, अल बिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिन मार्फत बाट सुलभ दरमा नेपाल पैसा पठाउन र कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल लगायत कुमारी रेमिटका नेपालभरका १६ हजारभन्दा बढी भुक्तानी केन्द्र मार्फत रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
दुई बैंकहरूबीचको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीेहरूमार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुने छ ।
बैंक अल बिलाद मार्फत ग्राहकहरुले नेपालको कुनै पनि बैंक खातामा पैसा तुरुन्तै जम्मा गर्न सक्नेछन् । सो सम्झौता पश्चात् नेपाल र साउदी अरेबियाका दुई बैंकबीचको साझेदारीले बैंकिङ्ग प्रणाली मार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास कुमारी बैंकले लिएको छ ।
बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४४ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ।