२२ बैशाख, २०८१ शनिबार

03:49:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव

Nepal Business

१२ असार, २०७९

गोष्ठीमा सार्वजनिक र निजी क्षेत्रका विद्यालयका शिक्षण पद्धतिका असल अभ्यास, पूर्वाधार लगानी र अनुभव आदानप्रदानलाई एकापसमा बाँड्न सुझाइएको हो

विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव

काठमाडौँ,
विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् ।

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल वल्र्ड स्कुलको सहकार्यमा आइतबार आयोजित ‘सार्वजनिक निजी साझेदारीमार्फत विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका’ विषयक गोष्ठीमा सार्वजनिक र निजी क्षेत्रका विद्यालयका शिक्षण पद्धतिका असल अभ्यास, पूर्वाधार लगानी र अनुभव आदानप्रदानलाई एकापसमा बाँड्न सुझाइएको हो । 

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले शिक्षालगायत विभिन्त्र क्षेत्रका कानुनमा देखिएका अन्तरविरोधहरूका कारण स्थानीय तहले पर्याप्त काम गर्न नसकेको जनाउँदै शिक्षा क्षेत्रमा निजी क्षेत्रले दिएको योगदानलाई कदर गर्दै त्यहाँका सकारात्मक सन्देशहरु सामुदायिक विद्यालयले ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयका शिक्षकले स्थानीय सरकारसँग सहजरुपमा काम नगरेको सन्दर्भमा शैक्षिक गुणस्तर कायम गर्नु चुनौतीपूर्ण भएको बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सामुदाायिक र निजी विद्यालयका शिक्षाबीच अन्तर भएको र निजी विद्यालयमा पढ्नेको मनोबल उच्च हुने प्रवृत्ति देखिएको जनाउँदै सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय तहले परिचालन गर्दा भनसुनसमेत लाग्ने र शिक्षक कस्ता छन् भन्ने आधारमा शैक्षिक गुणस्तरमा प्रभाव पार्ने बताउनुभयो ।